सज्जा चौलागाईं ले नेपाल आईडल सिजन थ्रि जित्दै गर्दा अनि उनी मोरङ पथरीको भन्दै गर्दा उनी बारे जान्ने जिज्ञासा बढेर गयो । आफु मोरङ पथरीकै बासिन्दा रहेकोले पनि होला अहिले सम्म कुनै पनि अडिसन राउन्ड नहेरेको सज्जाको बारेमा जान्ने तिव्र ईच्छा जाग्यो । मैले जब यु ट्युवमा उनको बायोग्राफी हेरे म नतमस्तक भएँ । एक छिन विश्वास लागेन । फेरि त्यो भिडियो दोहो¥याएर हेरेँ । उनको बुबा टंक चौलागाईं मेरो बचपनको साथि को फोटो देखेर म ट्वाल्ल परे। खुशीको सिमा रहेन् ।
थाहै नपाई समय यसरी बितेछ हाम्रो भेट नभएको पनि २२/२३ वर्ष भएको पत्तै भएन् । हामीले बिताएका बाल्यकाल झलझलि याद आयो । मलाई थाहा छ उनिहरुको आर्थिक अवस्था राम्रो थिएन् । न उनिहरुको घर थियो नत जग्गा नै । पहिला उ (टंक) अनि उनका परिवार हाम्रै छिमेकी थिए । उनका बा आमा हाम्रै छिमेकी नेवार थरका कोलबुङ्गे भन्नेकामा अधिया खेति गरेर बस्थे । त्यसपछि वहाँहरु नजिकका आफन्त अम्बिका चौलागाईं दाईहरुको खेती गर्न हाम्रो घर देखि अलि टाढा गए । त्यस पछि हाम्रो भेट पातलिँदै गयो ।
म पनि दमक झापा उतै बसेर पढ्न थाले देखि खासै भेट हुन्न थियो । तर कहिले काहीँ मेरो घर आउदै मेरो आमालाई बडि जितेन कहिले घर आउँछ भन्दै सोधि बस्थ्यो रे । जब मैले एस.एल.सि दिएँ त्यस पछि म घरमा १ महिना बसेँ । त्यस बखत म उसलाई भेट्न उसको घर गए तर भेट्न सकिन । उत स्कुल छोडेर काठमाडौ गएको सुने । उनका दाइ हाम्रै स्कुलमा होस्टेलको कुक थिए । उनले गाउँ आउदा हाम्रो घर निस्कन्दा टंकले सोधेको कुरा सुनाई रहन्थे ।
उनको दाइ दमक छोडेर हाम्रै गाउघरमा ज्लादारी गर्दै बसेको पनि निकै साल भएछ । पोहोर साल म आमा खसेको बेला नेपाल जादा पनि उनको दाईले म स्कुल पढ्दा देखि उनको भाइ टंकबारे मा निकै कुरा गर्नु भयो । टंकलाई हाम्रो आमाले पनि सारै माया गर्नु हुन्थ्यो । किनकि उनि सानै भए पनि भद्र स्वाभाव का थिए ।
यो पोष्ट म तिनै मित्रको लागि समर्पित गर्न चाहन्छु । जस्ले आफू अभावमा रहेर पनि आफ्नो सन्तानलाई एक काबिल बनाउन सफल भए । जिवनको सफलता यो भन्दा अरु के हुन सक्छ ? थाहा छैन फेरि पनि हाम्रो भेट हुन्छ या हुन्न तर एक पल्ट सज्जा छोरीलाई लिएर हाम्रो गाउँ आउनु होला । यो एउटा नैतिक शिक्षा लिने गाउलेलाई अवशर मिल्ने छ ।
अन्तमाः विषेश गरि मित्र टंक अनि वहाँकी अर्धाङ्गिनी लाई वहाँहरुको मिहेनत तपस्या प्रति नमन गर्दछु । AP1 टेलिभिजन अनि नेपाल आईडलका निर्णायक मण्डलीलाई सहि न्याय दिलाएकोमा धन्यवाद दिन चाहन्छु । अनि छोरी सज्जाको प्रतिभा लाई जोडदार समर्थन गर्दै हार्दिक बधाई तथा शुभकामना!!
जितेन चोङ्वाङ
















