साइनो समाचारदाता । साउथ इन्डियन नायिका विजयलक्ष्मीले आत्महत्याको प्रयास गरेकी छिन् । उनले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी थिइन् तर उनको ज्यान भने बचेको छ ।
यसअघि विजयलक्ष्मीले सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको जानकारी दिएकी थिइन् । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।
















