साइनो समाचारदाता । नेपाल आइडलबाट दर्शकमाझ चिनिएकी सञ्जा चौलागाइको आवाजमा रहेको ‘क्या राम्री देखिया छु रे’ बोलको तिज गित सार्वजनिक भएको छ । दुर्गाप्रसाद कडरियाको शव्द तथा सि.एल शर्माको संगितमा रहेको उक्त गित गितकार दुर्गाप्रसाद कडरियाको अफिसियल युट्युव च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।
गुञ्जन रेकडि़ंग स्टुडियोमा तयार गरिएको गितमा शाहस शाक्यको संगीत संयोजकमा देख्न सकिन्छ । यस भिडियोलाइ निर्देशन बिक्रम चुहनले गरेका हुन्, कलाकारहरुमा बिक्रम चुहन र टिका जैसी रहेका छन । गीतकार दुर्गा प्रसाद कडरियाले यो भन्दा अगाडी पनि निकै गितहरु बजारमा ल्याई सकेका छन ।
भिडियो :
















