साइनो समाचारदाता
काठमाडौँ । अभिनेता भुवन केसी र नायीका साम्रज्ञी राज्यलक्ष्मी शाहविचको बिबाद अझै सेलाउन सकेको छैन । यहि बेला अभिनेता भुवन केसीले साम्राज्ञीबिरुद्ध मुद्धा दर्ता गराएका छन् । अभिनेता केसीले शुक्रबार उनिबिरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले केसीले अभिनेत्री साम्राज्ञीविरुद्ध ‘बेइज्जती’ मुद्दा दर्ता भएको जानकारी दिए । उनले यसअघि पनि साम्राज्ञीले आफूलाई झुठो आरोप लगाएको भन्दै कलाकर संघमा उजुरी दिएका थिए । दुव्र्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै केसीले उजुरी हालेका हुन् । सामाजिक सञ्जालमाफृत साम्राज्ञीले विभिन्न तीनवटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।
















