खानीमा पहिरो जाँदा १०० जनाभन्दा बढीको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

खानीमा पहिरो जाँदा १०० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा ११३ जना भन्दा बढीको मृत्यु भएको छ भने अन्य धेरै मानिसहरु हराइरहेका छन् । अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्यको हपकान्ट क्षेत्रमा रहेको उक्त खानीमा पहिरो गएको हो । भारी वर्षापछि आएको पहिरोमा परी मुनि ढुङ्गा जम्मा पारिरहेका मानिसहरु पुरिएका थिए ।

म्यानमारमा विश्वको सबैभन्दा धेरै जेड पाइन्छ । म्यानमारले वाषिर्क करिब ३० अर्ब डलरको जेडको कारोबार गर्ने गरेको छ । तर, खानीमा दुर्घटना भने भइ नै रहने गरेको छ । गत वर्ष पनि जेड खानीमा भएको दुर्घटनामा एक सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

अहिलेसम्म पहिरोमा पुरिएका मानिसहरु को हुन् भन्ने विषयमा भने यकिन हुन सकेको छैन । यो खानीमा ट्रकबाट खसेका जेडहरु पाइने आशामा मानिसहरु आएर यो क्षेत्रमा खोजी गर्ने गरेका छन् । यो क्षेत्रमा रुख नभएको कारण पत्थर पहिरोको खतरा रहेको चेतावनी विशेषज्ञहरुले दिँदै आएका थिए ।

सम्बन्धित खवर