अमेरिकी डलर किन दुनियाँकै शक्तिशाली वैश्विक मुद्रा बन्याे ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अमेरिकी डलर किन दुनियाँकै शक्तिशाली वैश्विक मुद्रा बन्याे ?

भीषन लिङ्देन
➡️संसारकै सबैभन्दा ठूलो अर्थव्यवस्था र व्यपार रहेको कारण अमेरिकासँग घेरै मात्रामा सुन संचित थियो जतिबेला सुनलाई दुनियाकै मूल्यवान र स्तरीय मानक मानिन्थ्यो।१९४४ को व्रुटनउड्स सम्मेलनपछि सुनको विश्वव्यापी मागको आधारमा डलरलाई आधार मान्ने संझौता गरे यसपछि त अमेरिकी डलर संसार कै सबैभन्दा मूल्यवान र शक्तिशाली मुद्रा बन्यो।
➡️अमेरिकी व्यपारको तीव्रतर विकास,विस्तार र दबदबाले US$लाई संसारभर एकाधिपत्य मुद्राको रुपमा स्थापित गर्यो।अहिले विश्वमा प्रचलित १८०मुद्राहरुमध्ये विश्वको केन्द्रीय बैंकहरुमा करिब ६१% US$ भण्डारण भएको हु्न्छ,करिव २१% युरो,६% जापानी येन र बाँकी अन्य मुद्राहरू रहेका हुन्छन।यस्तै विश्व व्यापारको करिब ८८%हिस्सा तथा ऋणको ४०%हिस्सा अमेरिकी डलरमा प्रवाह हुने गर्दछ।
➡️यसको पहिलो कारण शक्तिशाली अर्थ व्यवस्था भएकाले UN,WTO,WB Group,IMF,IBRD आदि विश्व संगठमा पर्ने छाँया प्रभावबाट US$ लाई नै सबैभन्दा विश्वसनीय वैश्विक मुद्रा मानक मानियो।
➡️दोश्रो कारण,हतियार,सुन तथा जहाज,मोटर,यन्त्र उपकरण,सूचना प्रविधि,कम्प्युटिं सफ्टवेयर आदिको ठूलो निर्यातकर्ता राष्ट्र भएकाले आयतकर्ता राष्ट्रहरुले वाध्य भएर अनिवार्य US$ मा नै भुक्तानी दिनु पर्ने हुन्छ।
➡️तेश्रो कारण,ईराक,इरान लगायतका खाँडी राष्ट्रहरुमाथि प्रत्यक्ष/अप्रत्यक्ष नियन्त्रण कायम गरेर विश्वको ठूलो परिमाणमा प्राकृतिक कच्चा तेलको निर्यात राष्ट्र भएकाले निर्यातको भुक्तानी पनि US$ मा नै लिने गर्छ।यी र यस्तै आर्थिक,व्यपारिक,राजनैतिक,सांस्कृतिक एवं धार्मिक प्रभाव,विस्तार र साम्राज्यका कारणले गर्दा US$ को वैश्विक एकाधिपत्य कायमै रहेको छ।
➡️यद्यपि चीन र रुसले पनि युरो जस्तै वैश्विक मुद्रा प्रचलनमा ल्याउने प्रयास नगरेको होईन तर अमेरिका तथा युरोपेली विश्व अर्थव्यवस्थामाथिको एकाधिपत्य र वैश्विक शाखको कारण दुनियाकै शक्तिशाली र लोकप्रीय मुद्राको रुपमाUS$ स्थापित भई नै रहेको छ।
➡️तथापि कुवेत,ओमान,वहराईन,जोर्डन आदि खाँडी राष्ट्रहरुको मुद्रा US$ को तुलनामा मंहगो छ किनकी यी मुलुकहरुबाट अत्यन्तै कम लागतमा अथाह कच्चा तेल निरन्तर विश्वबजारमा हुने आपूर्तीको कारण अर्थतन्त्रका सूचकहरू मजबुत छन्।यस्तै पौण्ड,युरो,स्वीस फ्रैंक आदि मुद्राहरु पनि US$ को तुलनामा महंगो नै छ।यस्तै सबै भन्दा कमजोर मुद्रा भेनेज्वेला र ईरानको रहेको छ।
➡️कुनै मुलुकको मुद्राको विनिमय दर उच्च/न्यून हुनको लागि त्यँहाको अर्थतन्त्रको मुद्रास्फिति दर,व्याजदर,भुक्तानी सन्तुलन,सरकारी ऋण,व्यपार नीति,राजनैतिक स्थिरता जस्ता सूचकहरू निर्धारक हुने गर्छ ।
➡️पहिलो स्थानको अर्थव्यवस्था कब्जा गर्न अग्रसर चीन आफ्नो मुद्रा Renminbi युयानलाई निकट भविश्यमा US$ को स्थानमा देख्न चहान्छ।तर सबैभन्दा ज्यादा US$ भण्डारण चीन,जापान,स्वीजरलेण्ड आदि देशहरुमा रहेको छ।नेपाल राष्ट्र बैंकमा ४१,२४२ US$ मासिक रुपमा भण्डारण भएको देखिन्छ ।
➡️यसकारण पनि आगामी धेरै वर्षसम्म पनि US$ को साम्राज्यवादी वैश्विक मान्यता,विश्वसनीयता,प्रयोग तथा दबदवा यो दुनियामा कायमै रहने अनुमान गर्न सकिन्छ ।
🔆 नोगेन् 🔆

( राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत भीषन लिङ्देनले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर