कविताः एउटा अधिकृतको वक्तव्य - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कविताः एउटा अधिकृतको वक्तव्य

धनराज लावती

बज्न त सदाझै घडीमा
बिहानको ठिक १० बजेको हो
तर आज किन हो अलि
झर्को मानिराछ
दिक्तेल नगरपालिका अधिकृत
‘पर्शुराम चामलिङ’

उ
मुरमुरिदै छिरेको अफिस
आज एकाएक लागिरहेछ उसलाई
झ्यालखाना
भित्तैमा अडेको साढे १० को काटाले
उ तिरै देखाएर भनिरहेझै लाग्छ उसलाई
बेवकुफ

यतिबेला
उ अफसोस मानिरहेछ
जब अफिस हिड्नै लाग्दा
छोराले कान्छी औला बढाएर
साकेला थान हेर्न लानुन भनीरहेका
उसका रहरलाग्दो आखाहरू सम्झिएर
दुख मानिरहेको छ
किनकि परार मात्रै उसकै घरमा रोकिएर
सगै साकेला नाच्न जाने दौतरीहरू
आज उसकै घर छेउबाट नबोली हिड्दा
उसको चिसिदै गरेको सम्बन्धलाई सम्झिएर ।

तेत्रो
इमानदार र कर्तव्यनिष्ठ जस्तो
ख्याति कमाइसकेको उसले
आज किन हो सेवाग्राहीलाई थर्काइरहेछ रे
टेबुलमा रूङ्गिरहेका उसका फाइललाई
डस्टबिनमा फालिदिउला झै गरिरहेछ रे
आरामदायी घुम्न मिल्ने मेचमा बस्दा पनि
झन पो उसलाई रिङ्गटा लागिरहेछ रे
हो आज उधौलीमा
सरकारी विदा नपाएको झोकमा
अधिकृत नियुक्त पर्शुरामले
अराजकताको आगो बालिरहेको छ ।

उसले
लोकसेवा लेखुन्जेल सम्म
विभेद र त्रुटी नदेखि पढेको संविधान
आज ब्यर्थै रटेछु भन्ने बुझ्दैछ
धर्म्निरपेक्षताको महत्त्व त कन्ठै थ्यो नि उसलाई
तर बल्ल शासन त एउटै धर्मले
गरिरहेको भन्ने थाहा पाउदैछ ।

फेरि सोचिरहेछ उता
पोहोर सालको दशैमा हाइ काड्दै
उसले बिताएको राष्ट्रिय चाडको विदाहरू
सम्झियो शिवरात्रीमा पशुपतिको डाडाभरि
गाजाको नशामा सरकारी विदा मनाइरहेको बाबाजीहरू ।

अनि यसो सम्झियो
सिंहदरबारमा ढुङ्गा फाल्ने युवाहरूलाई
माइतीघर अगाडि कालो झण्डा देखाउने अभियान्ताहरूलाई
अन्तमा केही बुझेझै गरि
मुन्टो हल्लाउँदै आफैसग यो संकल्प गर्यो रे
‘मै छिर्छु दरबारमा, मै हुन्छु सचिव
मै खोज्छु संविधानमा मेरो चाडपर्व
र घोषित गर्दिन्छु राष्ट्रिय चाड र विदा’ ।।

स्पष्टः ’पर्शुराम चाम्लिङ’ यश कविताको प्रतिनिधि पात्र मात्रै हुन् ।

सम्बन्धित खवर