साइनो समाचारदाता
पथरी । लोकप्रीय रियलिटि शो द भोइस अफ नेपालमा विजयी भएसँगै राम लिम्बुले सम्मान पाउने क्रममा जारी छ ।

पूर्वका विभिन्न स्थानहरुमा कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो । झापाको दुधे, चन्द्रगढी, भद्रपुर, बनियानी, हस्दीबारी, चारआली, विर्तामोड, दमक, मोरङको उर्लाबारी, सुनसरीको धरानलगायत दजैनौं स्थानहरुमा राम सम्मानीत भएका हुन् ।
किरात याक्थुङ चुम्लुङ, वनेम कल्याण सस्था, सिन्धुङ्गेन नालाङ केलाङ समूह, याक्थुङ नालिफुङ्वा चुम्भो, विभिन्न संघसस्थाहरुले सम्मान गरेको हो । उनलाई ढाका टोपी, खदा, फुलमाया, अविबर तथा सम्मान पत्रले सम्मान गरिएको हो ।
















