साइनो समाचारदाता
केराबारी । मोरङको केराबारी ९ मा जराी दोश्रो कुसुमे उद्यौली कप २०७६ मा आज सशस्त्र प्रहरी बल पूञ्र्वाञ्च र लेटाङ फुटबल क्लबबीच खेल हुदैछ । विजेता टिमले मंसिर २६ गते हुने दोस्रो सेमिफाइनल खेल्ने अवसर प्राप्त गर्नेछ ।
हिजो भएको खेलमा कुसुमे साईनिङ क्लवलाई ट्राइबेकरमा पाखा लगाउँदै रोयल फुटबल क्लब दमक झापा दोस्रो चरणमा प्रवेश गरेको छ । ३ को विरुद्ध ५ गोल गर्दै रोयलले सेमीफाइनलमा प्रवेश पाएको हो । कप विजेतालाई ५१ हजार, ट्रफी र प्रमाण पत्र र उपविजेतालाई ३१ हजार, ट्रफी र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ ।

















