साइनो समचारदाता
पान्थर । थाइल्यान्डमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरुको आयोजनामा ’ज्योमो गाङ फिल्म अवार्ड 2019 सम्पन्न हुने भएको छ ।
अवार्डको लागि सागर केरुङ्को लेखनरनिर्देशन रहेको लिम्बू चलचित्र “के“ उत्कृष्ट पाँच भित्र पर्न सफल भएको छ । चलचित्र ’के’ ले उत्कृष्ट कथा,उत्कृष्ट निर्देशक, उत्कृष्ट नायिका बबिता फोम्बो, उत्कृष्ट सहनायिका रुपा आङ्बुहाङ्लाई उत्कृष्ट मनोनयन प्रमाणपत्र प्रदान गरेको छ । शुक्रबार काठमाडौस्थित दरबार रोधिमा एक कार्यक्रमको आयोजना गरि हुकुम मल्टिमेडियाले प्रदान गरेको हो । अवार्ड वितरण कार्यक्रम आगामी मंसिर १९ गते थाइल्यान्डस्थित पटैयामा भब्य समारोहविच गरिने बिज्ञप्तीमा उल्लेख छ । चलचित्र के ले ’नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (२०७६’ मा उत्कृष्ट अवार्डसमेत जितिसकेको छ ।

















