साइनो समचारदाता
चुलाचुली (इलाम) । सिकिया पुस्तकालयको आयोजनामा हिजो साँझ नाटक ‘मंगली’को मञ्चन सम्पन्न गरेको छ ।
संजय विश्वकर्माको परिकल्पना तथा निर्देशन रहेका नाटक ‘मंगली’मा दिप्ती भट्टराई, मनोज शंकर, सरोज चापागाईं, लक्ष्मी श्रेष्ठ, विटिसा कोइराला, मनिक शंकर, सुरेन थेवे, विनिसा लिम्बू, अन्जु बास्कोटा, दिव्या भट्टराई, सुम्निमा लिम्बूले अभिनय गरेको थियो । नाटकमा महिला हिंसा तथा बढ्दो बलत्कारको घट्ना र कमजोर कानुनी प्रशासनमाथि कडा प्रहार गरिएको छ । नाटक झापाको शिव सताक्षी नगरपालिकाको धरमपुर मै दुई पटक र चुलाचुली पाठशाला नाटक उत्सव–२०७६ गरि जम्मा तीन पटक सम्म मञ्चन गरिएको निर्देशक संजय विश्वकर्माले वताएका छन् । शिवसताक्षी नगरपालिका धरमपुर वडा नं.१ ढकाल चोकमै मञ्चन गरिएको नाटकमा दुई सय बढी दर्शकहरूको उपस्थिति रहेको आयोजकका अध्यक्ष अविशेक नेम्वाङले वताए । चुलाचुली रंगमञ्चको संस्थापक अध्यक्ष तथा निर्देशक चेतन आङथुपोको प्रमुख अतिथित्वमा कलाकारहरूलाई प्रंशास पत्र वितरण गरिएको थियो ।



















