फगिङ्ग स्प्रे सँगै झुल वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

फगिङ्ग स्प्रे सँगै झुल वितरण

साइनो समचारदाता

पथरी । डेङ्गुका संक्रमणहरु देखा पर्न थालेसँगै पथरी शनिश्चरेमा डेङ्गु बिरुद्धको बिषादि छर्कने काम (फगिङ्ग स्प्रे) जारी छ । विहिबार राति पथरी शनिश्चरे १० का वडा अध्यक्ष सागर राई, नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यलगायतको सक्रियतामा वडा नम्बर १० मा फगिङ्ग स्प्रे गरिएको छ । १० नम्बर वडाको केही भागमा फगिङ्ग स्प्रेको काम बाकी रहेकाले चाडैँ ती क्षेत्रहरुमा समेत बिषादि छर्कने काम गरिने वडा अध्यक्ष राईले बताए ।

मोरङ्गको पथरी शनिश्चरेमा २ जनामा डेङ्गुको संक्रमण देखा परेता पनि ती व्यक्तीमा आयातीत संक्रमण रहेको स्वास्थ्य संयोजक आचार्यले बताए । यसका साथै डेङ्गु लगायत लामखुट्टेजन्य रोगबाट बच्नका लागि १० नम्वर वडाका १ सय विपन्न परिवारलाई झुल वितरण गरिएको छ । वडाध्यक्ष सागर राईको अगुवाईमा रकम संकलन गरी शुक्रबार १ सयजनालाई झुल वितरण गरिएको हो । जसमा वडाध्यक्ष राईले १० हजार, वडा सदस्य अनोज घिमिरेले ५ हजार तथा नगरको विजी हाउसका प्रोप्राइटर वीरवहादुर घिमिरेले १० हजार, कावेली कन्ट्रक्सनका भूवन थापाले १० हजार सहितको रकम सहयोग जुटेपछि झुल खरिद गरी वितरण गरिएको छ । अन्यसँग पनि सहयोग रकम संकलन हुँदै गरेको जनाउँदै वडाध्यक्ष राईले वडाका अन्य १ सय घर विपन्न परिवारलाई झुल वितरण गरिने बताए।

सम्बन्धित खवर