डेंगु रोगी फेला, अनुगमन् सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

डेंगु रोगी फेला, अनुगमन् सुरु

साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे क्षेत्रमा यस वर्षपनि डेंगु रोगको संक्रमण देखिएको छ । नगरको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्वर ४ शान्तिचोकका एकजनामा डेंगु रोग फेला परेको छ ।

डेंगु रोगको महामारी बढ्ने सम्भावना रहेको नगर क्षेत्रमा डेंगु नियन्त्रणका लागि नगरको दैवी प्रकोप तथा महामारी रोग नियन्त्रणको रेपिड सेन्पोन्स टिमले अनुगमन् कार्य अघि बढाएको छ । नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, रेस्पोन्स टिमका संयोजक एवम् स्वास्थ्य संयोजक मुरारी आचार्य सहितको टोलीले सोमवार पथरीशनिश्चरे ४ को शान्ति चोकका डेंगुबाट प्रभावित ३९ वर्षिय अरुण राईको परिवारलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । डेंगु प्रभावित राईको विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको छ । टोलीले ग्रामीण वस्तीका रुपमा रहेको शान्ति चोक क्षेत्रको सरसफाईको अवस्थाका बारेमा अवलोकन गर्दै सफा पानी जम्ने ठाउँबाट पानी नष्ट गर्न तथा टायर, बट्टाहरुमा पानी जमेको भए पनि उसैगरी नष्ट गर्न सचेत गराएको छ । टा्ेलीले बट्टा, आरीहरुमा जमेको पानी नष्ट समेत गरेको छ ।

टोलीले मंगलबार जिल्ला स्वास्थ्य कार्यालय विराटनगर, नगरका सरोकारवाला संघ संस्था सहितको सहभागितामा वडा नम्वर १ को पथरी बजार क्षेत्रमा अनुगमन् गर्ने भएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । अत्यन्तै घना वस्ती रहेको पथरी बजार क्षेत्रमा टायर, बट्टा सहित सफा पानी जम्मे ठाउँहरु प्रसस्त रहेकाले लगातार डेंगुको संक्रमण देखिदै आएको छ । त्यस्ता ठाउँहरु सरसफाई गर्ने कुरामा स्थानीय स्वयम्को भनें खासै सक्रियता देखिएको छैन । लगातार रुपमा ग्यारेजहरुको टायरमा डेंगुको लार्भा भेटिएको भएपनि टायर हटाउने कुरामा ग्यारेजवालाहरुले अटेरी गरिरहेको देखिन्छ । जमेको सफा पानीमा वस्ने र साँझपख सक्रिय हुने एजिप्टाई जातको पोथी लामखुट्टेका टोकाइबाट सर्ने डेंगुले नगरमा गत वर्ष २ जना र त्यसभन्दा अघिल्लो वर्ष पनि २ जना विरामी परेका थिए ।

सम्बन्धित खवर