‘पुरानो बुलेट’ कोरियामा भब्य प्रदर्शन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

‘पुरानो बुलेट’ कोरियामा भब्य प्रदर्शन

साइनो समचारदाता

पथरी । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ कोरियामा मे २६ का दिन प्रदर्शन गरिएको छ । आवास गृह (सेल्टर) सहयोगार्थ तमु धी ख्याङसाङनाम्दो बुसान शाखाको आयोजनामा चलचित्र प्रदर्शन गरिएको हो । ‘चलचित्र हेरिसकेपछि दर्शकहरुले आफ्नै गाउँ ठाउँ पुगेको आभाष गरे, धेरै समयपछि एउटा ठेट नेपाली कथानक चलचित्र हेर्न पाएकोमा सबैले खुशी ब्यक्त गरे’–तमु धी ख्याङसाङनाम्दोका अध्यक्ष अनिश गुरुङले भने ।

चलचित्रमा नायक अनुपविक्रम शाही, नायिका वर्षा शिवाकोटी र माला लिम्बुले जीवन्त अभिनय गरेका छन् । यस्तै कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, युडी गुप्ता, करण धिताल, मात्रिका पौडेल आदिको पनि अभिनय रहेको छ । भीषण राईको डेब्यु निर्देशन रहेको यस चलचित्रलाई अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र चैत १ गते अल नेपाल प्रदर्शन भएको थियो भने हङकङबाट प्रथम वल्र्ड प्रिमियर शो गरिएको थियो । कोरिया प्रदर्शनपछि अब ७ जुलाईका दिन फुनावासी सि ४–१९–६ किनरो सेन्टर जापानमा नमस्ते चिवाले चलचित्र ‘पुरानो बुलेट’ प्रदर्शन गर्ने चलचित्रका कार्यकारी निर्माता÷कथाकार सन्तोष राईले जानकारी दिए । जापानमा ३ वटा सहरहरुमा चलचित्र प्रदर्शन हुने आयोजकले बताएको छ । यस्तै चलचित्रलाई अन्य देशहरुमा पनि क्रमशः प्रदर्शन गरिने तयारी भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

सम्बन्धित खवर