प्रतिष्ठानको आयोजनामा गणतन्त्र दिवस मनाउने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

प्रतिष्ठानको आयोजनामा गणतन्त्र दिवस मनाउने

साइनो समचारदाता

पथरी । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले २०७६ सालको गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने र जेठ १६ गते ‘संघीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तरक्रियामो प्रमुख अतिथिको रुपमा उपस्थिति जनाउने प्रतिष्ठानद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

जेष्ठ १२, २०७६

विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले यो वर्षको गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

कार्यक्रम
१. मिति २०७६ जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने ।
२. २०७६ जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने ।
काठमाण्डौं उपत्यकामा विहान ६ः३० बजे शान्ति बाटिकाबाट प्रभातफेरी प्रारम्भ गर्दै शहरका विभिन्न चोक हुँदै पुनः शान्ति बाटिका कार्यक्रम समापन गरिने । साथै, साँझ ६ः३० बजे शान्ति बाटिका दिप प्रज्ज्वलन गरिने ।
३. मिति २०७६ जेठ १६ गते ‘संघीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने ।
अन्तरक्रिया कार्यक्रमहरु अनुपम फुडल्याण्ड, बत्तीसपुतली, गौशालामा ठिक १२ः३० बजे शुरु हुनेछ । कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा हुनुहुनेछ ।
अतः उपरोक्त कार्यक्रमहरुको समाचार संकलन र सम्प्रेषणका लागि प्रतिनिधि पठाईदिनु हुन अनुरोध छ ।

पुरुषोत्तम दाहाल
कार्यकारी निर्देशक

सम्बन्धित खवर