पूर्वाञ्चल भेट्रान दमक फाइनल प्रबेश - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

पूर्वाञ्चल भेट्रान दमक फाइनल प्रबेश

साइनो समचारदाता

सुनवर्षी । मोरङ्गको सुनबर्सी नगरपालिका वडा नं. २ अमरदहमा जारी प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा एपीएफ भेट्रान पकलीलाई ० बिरुद्ध ३ गोल गर्दै पूर्वाञ्चल भेट्रान दमक फाइनल प्रबेश गरेको छ ।

पहिलो हाफमा दमकलाई निकै दवावमा राखेको एपीएफले दोस्रो हाफको सुरुवातीमा फितलो प्रदर्शन गरेपछि हार बेर्हाेनु परेको हो । पूर्वाञ्चलका लागि दोस्रो हाफको ५ औं मिनेटमा बिनोद गुरुङले गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफको सुरुवाती समयमा विपक्षीको डिफेन्स कमजोरीको फाइदा उठाउँदै दमकले ३ गोल गर्न सफल भयो । दोस्रो हाफको ८ औं मिनेटमा हरि सेर्माले दोस्रो गोल गरे । खेलको १७ औं मिनेटमा पाएको मौका सदुपयोग गर्दै सचिन्द्र धिमालले अर्काे गोल थप्दै ३ गोलको अग्रता बनाए ।

खेलको म्यान अफ द म्याच दमकका पहिलो गोलकर्ता बिनोद गुरुङ घोषित हुँदै नगद ५ हजार रुपियाँ र मेडल हात पारे । शुक्रवारको दोस्रो सेमिफाईनल खेल उर्लाबारी भेट्रान र योङ बदर्स भेट्रान इटहरीकाबीच हुने छ । प्रतियोगिता बैशाख २१ देखि जेठ ७ गते सम्म सुनबर्शी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजनीक माविमा संचालन हुदैछ ।

तस्वीरः गोपाल काफ्ले

सम्बन्धित खवर