साइनो समचारदाता
मिक्लाजुङ्ग । मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिका वडा नम्बर ५ मा खोलिटार फूटबल खेल मैदानको निर्माण कार्य सुरु भएको छ ।
३० लाख बजेटले निर्माणधिन खेल मैदान असार मसान्तसम्म सम्पन्न हुने योजना रहेको खेल मैदान समितिका उपाध्यक्ष मेघनाथ तामाङ्गले जानकारी दिएका छन । खेल मैदान निर्माण मिक्लाजुङ्ग ५ का वडाअध्यक्ष रुद्र लिङ्देन (अनिल) बाट दियो कलश बाली शिलान्यास गरिएको समितिका सचिब बिकल श्रेष्ठले जानकारी दिए । मिक्लाजुङ्ग ४ र ५ का बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । स्थानीयबासी खेल मैदान निर्माणप्रति उत्साहित रहेको समितिका अध्यक्ष वीर बहादुर राईले बताएका छन ।