साइनो समचारदाता
चुलाचुली । बैशाख २८ बाट सुरू भएको महिला नकआउट फुटबल खेलको पहिलो सेमिफाइनल खेलबाट शिवसताक्षी विजयी भएको छ ।
बुधबार शिवसताक्षी नगरपालिकासंग हल्दिबारी गाउँपालिका फुटबल क्लव १–० गोलको अन्तरले बाहिरिएको छ । शिवसताक्षीको तर्फबाट खेल सुरूवातको ५ औं मिनेटमै जर्सी नं.११ की मुना लावतीले पहिलो गोल गरिन् भने, उक्त गोल नै निधारित समयभरिको निर्णयक गोल बन्न पुग्यो । खेलको ओमन उफ दि म्याच विजयी टिमका जर्सी नं.९ की कुमारी श्रेष्ठले हात पारिन् ।
सेमिफाइनल खेलको उदघाटन अग्रज खेलाडी तथा समाजसेवी सुवास आङथुपोले गरेका थिए भने खेल अम्पायर लिला बास्कोटाले खेलाएको हो । आज जेठ २ गते उर्लाबारी र माङसेबुङ इलाम बीचको प्रतिस्पर्धा रहने आयोजकका अध्यक्ष अमृत साम्पाङले बताए ।