साइनो समचारदाता
चुलाचुली । चुलाचुलीको महिला फुटबल खेल पहिचान गराउने उद्देश्यले बैशाख २८ बाट सुरू भएको महिला नकआउट फुटबल खेलको तेस्रो दिनको खेलबाट हल्दिबारी विजयी भएको छ ।
खेलमा झापा हल्दिबारी गाउँपालिकासंग चुलाचुली महिला फुटबल क्लव ए टिम ६–५ गोलको अन्तरले बाहिरिएको छ । खेलको निर्धारित समयमा २–२ गोलको बराबरीपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै हल्दिबारीले ४ गोल गरे भने चुलाचुली महिला ए क्लवले ३ गोल गरेका थियो । अफ द म्याच विजेता टिमकी जर्सी नं. १७ कि संरचना प्रधानले हात पारिन् । खेलको उदघाटन समाजसेवी राजेन्द्र केरूङले गरेका थिए । आज उर्लाबारी र आयोजक बी टिम बीच प्रतिस्पर्धा रहने आयोजकका अध्यक्ष अमृत साम्पाङ राईले जनाएको छ ।