चुलाचुली । चुलाचुली महिला फुटबल क्लवले आयोजना गरेको महिला नकआउट फुटबल खेल सुरू भएको छ ।
चुलाचुली गाउँपालिका ४ नं. स्थित बालज्योति माविको खेलमैदानमा आयोजित खेलमा नेपालको महिला फुटबल प्रशिक्षक भगवती राना मगरको प्रमुख अतिथित्वमा खेल कार्यक्रम उदघाटन गरिएको हो । पहिलो दिनको खेलमा शिवसताक्षी महिला फुटबल क्लवसंग फ्रेन्स् क्लव भुटान ४–० गोलको अन्तरले पराजय भएको छ । विजय टिमका खेलाडी मुना लावतीले म्यान अफ द म्याच पाउन सफल भएकी थिइन । कार्यक्रम अमृत साम्पाङ राईको संयोजकत्वमा सम्पन्न भएको थियो । जेठ ४ गते फाइनल हुने खेलका विजेतालाई प्रथम पुरस्कार २५ हजार, उपविजेतालाई १५ हजार नगद सिहत ट्रर्फी मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । दोस्रो खेलमा दमक नगरपालिका र माङसेबुङ गाउँपालिका बीचको प्रतिस्पर्धा रहने छ ।