सीएम कन्दङ्वा प्रतिभा पुरस्कारबाट गायक जोसी र साहित्यकार कान्छालाई पुरस्कृत हुदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सीएम कन्दङ्वा प्रतिभा पुरस्कारबाट गायक जोसी र साहित्यकार कान्छालाई पुरस्कृत हुदै

साइनो समचारदाता

पथरी । शिक्षासेवी, साहित्यकार चन्द्रमान (सीएम) कन्दङ्वाको स्मृतिमा बार्षिक रुपमा प्रदान गर्ने गरी दुई पुरस्कार स्थापित भएको छ । पहिलो पुरस्कार लोक गायक एलपी जोशी र साहित्यकार धनकुटे कान्छालाई प्रदान गरिने भएको छ ।

कन्दङ्वाको छोरो रविन कन्दङ्वाले सीएम कन्दङ्वा स्मृति कोष स्थापना गरेको सुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । पुरस्कार वैशाख २६ गते साहित्यिक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने जानकारी गराएको छ । पुरस्कार कोषको अध्यक्ष गायक रविन कन्दङ्वाले पहिलो पटक ५० हजार राशीको राष्ट्रिय विशिष्ठ प्रतिभा सम्मान लोकगायक एलपी जोशीलाई र ३५ हजार राशीको राष्ट्रिय युवा प्रतिभा सम्मान धनकुटेलाई प्रदान गरिने निर्णय भएको जानकारी गराए । गायक जोशी र सहित्यकार धनकुटे झापाका हुन् । सीएम कन्दङ्वाले २०४३ सालमा पथरीशनिश्चरेमा पहिलो निजी विद्यालय एभरेष्ट स्कुलको स्थापना गरेका थिए । सो स्कुल हाल १२ कक्षासम्म पढाइ हुदै आएको छ । विद्यालय प्रदेशकै उत्कृष्ट रहेको स्कुल सञ्चालकको दावी रहदै आएको छ । सीएम कन्दंगवाको जन्मजयन्तीको अवसर पारेर वर्षेनी पुरस्कार प्रदान गर्न ५ लाखको कोष खडा गरेको स्कुलका निर्देशक समेत रहेका रविन कन्दङ्वाले बताए । प्रदेश नम्वर १ का भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, खेलकुद, पत्रकारिता, चिन्तन, समाजसेवा क्षेत्रका २ व्यक्तित्वलाई वर्षेनी पुरस्कार प्रदान गर्दै जाने अध्यक्ष रविनले बताए । यस वर्षको पहिलो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा प्रदेशका प्रतिनिधि साहित्यकारका रचन समेत प्रस्तुत हुनेछ । कम्युनिष्ट विचारमा आस्था राख्ने सीएम कन्दङ्वा विस. १९८५ चैत २९ गते भारतको दार्जि्लिङमा जन्मेर २०६२ फागुन २५ गते पथरीशनिश्चरेमा निधन भएको थियो । कन्दङ्वाको ४ कृति प्रकाशित छन् ।

सम्बन्धित खवर