साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले महिला लक्षित कार्यक्रम अन्तर्गत सेनेटरी प्याड निर्माण तालिम सुरु गरेको छ ।
नगरपालिकाको सहयोगमा पूर्वाञ्चल तालिम केन्द्रले आयोजना गरेको १० दिने तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गरिन् । उनले महिलाहरुले ससाना उद्यम गरेर भएपनि आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् । महिला महिनावारी भएको अवस्थामा सेनेटरी प्याड आफैं निर्माण गरेर स्वनिर्भर हुने कुरामा महिलालाई प्रोत्साहित गर्न तालिमको आयोजना गरिएको हो । पथरी बहुमुखी क्याम्पसमा र शनिश्चरेमा गरी हुने तालिममा नगरका प्रत्येक वडाबाट ३६ जना महिलाको सहभागिता रहेको छ । तालिमको केरावारीकी अस्मिता भट्टराई र पथरीशनिश्चरेकी स्वास्थ्यकर्मी रत्नकला गुरुङले सहजिकरण गरिरहेका छन् ।