भरसक
बन्दूकजस्तै
हामीलाई पनि जफत गरेर
थानामा र्पुयाऊ
वनमा हामी बँदेल खेद्छौँ
सरकार हाम्रो खेदो गर्छ ।
सीमानामा फिरङ्गीहरू बुट बजार्दा निदाउने
सत्ता हाम्रो काँधको भरूवासँग झस्कन्छ ।
पेरूङ्गोमा खाँदे जसरी
हामीलाई पनि
तिम्रो झ्यालखानामा कोचार
उहिले श्री ३ आए तोपहरू बोकेर
हामीले बाकस फोडेर दियौँ
फेरि, वनारसी बाबुहरू आए पर्चा लिएर
हामीले बुइगलबाट झिकेर दियौं
तेस्रो पटक, विद्रोहीहरू आए पट्टी बाँधेर
हामीले थानछेउबाट निकालेर दियौं
अन्तिम खेप, छापामारहरू आए झण्डा बोकेर
हामीले भुइँ खोतलेर सबै दियौं
हाम्रो भरूवाले
– शिकार मर्यो
– दुश्मन ढल्यो
– पुलिस खुत्रुक्कै भयो
– सेना लखतरान र्पयो
तर,
ती भरूवाहरू कहिल्यै फिरेनन्
मुग्लान भाँस्सिएका तन्नेरीजस्तै ।।।
मलामी र जन्तीमा निस्कने
भरूवालाई धेरैपटक बुझाइ मात्रै रह्यौँ ।
अब,
भरसक
बन्दूकजस्तै
हामीलाई पनि जफत गरेर
थानामा र्पुयाऊ
सबैभन्दा खतरनाक बारूद
त हाम्रो खोपडीभित्र छ
सरकार
-आसफोर्ड, बेलायत