साइनो समचारदाता
काठमाडौ । रंगवादी कवि धर्मेन्द्र नेम्बाङको तेस्रो कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ काठमाडौंमा सार्वजनिक भएको छ ।
वरिष्ठ कवि तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइलालगायत साहित्यकारहरुले सार्वजनिक गरेका हुन । सार्वजनिक पुस्तकमाथि वरिष्ठ कवि श्रवण मुकारुङ, कवि हाङयुग अज्ञात, रत्नमणी नेपाल, अनुपमा रेग्मी, मदन पुरस्कार विजेता राजन मुकारुङले आफ्नो धारणा राखेका थिए । फिनिक्स बुक्सद्धारा प्रकाशित संग्रहमा ३९ ओटा कविता समेटिएका छन् । उनको यस अघि रातो बाघ नामक उपन्यास पनि बजारमा आएको थियो ।