साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे वार्ड नं १० मा राष्ट्रियस्तरको खेलमैदान निर्माण हुने भएको छ । मैदान निर्माणका लागि प्रदेश सरकारको १० लाख वजेट विनियोजन भएको छ ।
भुटानी शरणार्थी शिविर छेउमा रहेको मैदानलाई स्तरोन्नती गरी फिफाको नियमाअनुसारको मापदण्ड सहितको वनाइने प्रदेश सभा सदस्य सुयर्माराज राईले वताए । प्याराफिटलगायतका थप भौतिक संरचना निर्माण गर्न सके नगरमा मात्र नभई प्रदेशकै गौरवको खेल मौदान हुने वडा नं १० का वडाध्यक्ष सागर राईले वताए ।

















