साइनो समचारदाता
चुलाचुली । खेलमैदान व्यवस्थापन गर्ने उदेश्य सहित चुलाचुली ३ स्थित चुलाचुली स्पोर्टिङ् क्लवले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल सोमबार सम्पन भएको छ ।
चुलाचुली वडा नं. ४ ले चुलाचुली वडा नं. १ लाई २–० ले हराउँदै विजयी भएको छ । खेलको फाइनलमा विजयी र उपविजयी टिमलाई क्रमशः रू।२५ हजार र १५ हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रमुअ अतिथि प्रदिप चन्द्र राईले वितरण गरिएको थियो । सनम राईले अम्पायर गरेका खेलमा विजयी टिमबाट किस्मत लिम्बू २ गोल गरेका उनी खेलभरिकै उत्कृष्ट मेन अफमेचको ट्रफि समेत पाउन सफल भएको थिए ।
समाजसेवी प्रेमदिप थाम्सुहाङ, मदा विक, मणि केरूङ, नरेस माङमु, राजन शिगु, पंच लिम्बू लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक रामप्रसाद राई रहेको थियो भने कार्यक्रम जीत बहादुर सुब्बाले संचालन गरेको थियो ।