नफेसोको अन्तरक्रिया, महिला संघको संयोजकमा थापामगर - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

नफेसोको अन्तरक्रिया, महिला संघको संयोजकमा थापामगर


साइनो समचारदाता
अमेरिका । नेफेसो अमेरिकाले छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मार्च १७ आईतबार का दिन न्युयोर्क को ज्याक्सन हाईट मा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो । वर्तमान राजनीतिक परिस्थिति घटना क्रम तथा ससफोको भुमिका विषयमा छलफलहरू भएको थियो । नेफेसो अमेरिकाका अध्यक्ष समिर महर्जनको अध्यक्षतामा सम्पन्न कार्य राष्ट्रिय परिषद् सदस्य प्रेम कुरूङबाङ, नेफेसो सल्लाहकार सशांक लामा, नेफेसो सल्लाहकार पार्वती थापामगर, नेफेसो अमेरिका सचिव मनु लोहोरूङ, कोषाध्यक्ष निला जवेगु, सदस्य केशबराम राई, सदस्य अनिल सम्बाहाम्फे, सदस्य देवबहादुर पुनलगायतले आ आफ्नो धारणाहरू राखेका थिए । कार्यक्रममा नेफेसो अमेरिका महिला संघ तदर्थ समिति गठन भएको छ ।
समितिको संयोजकमा पार्वती थापामगर र सहसंयोजक मनु लोहोरूङ छिन् । भने सदस्यहरुमा निला जवेगु, फोरहाङ पतङ्वा, कोकिला देवान छन् । आगामी दिनमा नेफेसो अमेरिका महिला संघको वृहत भेला गरी पूर्ण कमिटी गठन नेफेसोले जनाएको छ ।

सम्बन्धित खवर