अमित याक्थुङ्बा
१. कविताः ‘मिम्जिमा’
चिठ्ठी छैन
मात्रै सम्झना छ ।
माटोजत्तिकै आलो माया
ढुङ्गाजत्तिकै सग्लो माया
चो?लुङझैँ उकालो माया
फियामालुङझैँ अग्लो माया
जम्मै
बाँधेर मुटुमा
राखिदएको छु घुमाउने चौताराछेउ ।
भेटेनौ भने मेरो माया
उडिगएमा मेरो काया
पिप्पुधाप पुगेर
पात बजाउँदै सम्झनू
आदिम आदिम यो माया ।
२. ‘छापामारको छाँया’
गाउँमा बस्नुजस्तो
सजिलो छैन
जङ्गलमा पस्नु ।
च्याउ निगुरो टिप्छन् बालसखी
म टिप्छु निर्दयी कान र औँलाहरू
गाग्री बोकेर धाउँछन् दिदीबैनी
म भिर्छु राइफल, बम र गोलाहरू
स्कूलको बाटो
गए जसरी
जाँदै आउँदै
पुग्दै फर्कँदै
गर्न कहाँ मिल्दो रहेछ र जङ्गलमा !
मेरो ठाउँमा
सबसे नजिक बसिदिने त
मेरै छाँया हुँदो रहेछ !
–बेलायत ।