साइनो समचारदाता
पथरी । घरदैलो अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा ५७ हजारको संख्याले हात्तीपाइले वि?द्धको औषधि सेवन गरेको छ ।
हालसम्म ५६ हजार ९ सय २५ जनाले औषधि सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए ।. नगरमा औषधि सेवन गर्ने लक्षित समूहको संख्या ६३ हजार रहेको छ । आज पथरी बहुमुखी क्याम्पसमा घरदैलो अभियानको अन्तिम दिनको औषधि सेवन गर्ने कार्यक्रम रहेको उनले बताए । घरदैलो अभियानसमाप्त भएपनि फागुन महिनाभरी स्वास्थ्य संस्थामा औषधि रहने उल्लेख बताइएको छ ।
प्रत्येक वडामा ४ जनाका दरले घर घरमा औषधि खुवाउन स्वास्थ्यकर्मीलाई खटाइएको थियो ।. उनीहरुले घर घरमा तथा विद्यालय विद्यालयमा गएर औषधि सेवन गराएका थिए ।.