सााइनो समचारदाता
पथरी । गायक प्रताब दाशले ‘मलाई माफ गरिदेउ…’बोलको सेन्टिमेन्टल गीतबाट स्टेजमा उक्लिए । दर्शकहरुलाई ध्यानाकर्षण गराउँदै लगागल नचाए पनि । उनले अनुराग फिल्मको ‘सोरमा सोर…’, ‘अलिकति जोस…’, ‘पल पल…’, ‘हेर्दा राम्रो…’, ‘मोटरसाइकलमा…’, गुराँस फुल्यो..’ र ‘तालको पानी…’गीत गाए ।
साझलाई सजाउन अर्का आकर्षक गायक थिए, श्रीकृष्ण लुइटेल । ‘बुटेलमा…’, ‘बाँके बर्दिया…’, ‘मुखमा हान्नु जस्तो…’, ‘तेरो बाउ थोते…’, ‘साली कमला…’, ‘ए बा किन्देउ…’, ‘डल्लेको बहिनीले…’ गीतमा दर्शकहरु रमाए । गायक समिर विकले ‘तिमी विना…’, ‘कान्छीको अल्लारे…’गीत गाए । रोजी डान्स सेन्टर(उर्लाबारी)को नृत्यले दर्शकहरुको ध्यान खिचेका थिए ।
शनिवार शीन भिलेज पार्टी प्यालेसमा रेडियो रिदम ९९.७ मेघाहर्ज पथरी मोरङले कार्यक्रमको आयोजना गरेको हो । लगयतको विशेष प्रस्तुति हुने कार्यक्रम संयोजक मनु खड्काले वताइन् ।
कार्यक्रममा मुख्य प्रायोजक सिजि नेपाल आइस, प्रायोजकहरु पूर्वेली होटल एण्ड पार्टी प्यालेस, कृषा ईन्भेष्टमेन्ट प्रालि पथरी, अन्नपूर्ण वोर्डिङ स्कुल, काविल कन्ट्रक्सनस प्रालि पथरशनिश्चरे १० रहको थियो । कार्यक्रममा २ सय रुपैयाँदेखि १ हजार रुपैयासम्मको टिकटको व्यस्थापन गरिएको थियो ।
तस्वीरः गोपाल काफ्ले