साइनो समचारदाता
उर्लाबारी । मिस धिमाल २०१९ को पहिलो चरणको ट्यालेन्ड राउण्ड उर्लाबारी मोरङमा सम्पन्न भएको छ ।
धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विद्यार्थी माञ्चको आयोजनामा मिस धिमाल २०१९ भइरहेकोे हो । कार्यक्रममा जम्मा १९ जनाले नृत्य, गायन, कविता र मनतव्य प्रस्तुत गरेका थिए । निर्णायक भने विकास राई, रविन तामाङ, अजितकुमार भट्टराई र सन्जिव धिमाल रहेका थिए । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतीहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ को आयोना गरीएको कार्यक्रमका संयोजक सुनिल धिमालले जानकारी दिए । मिस धिमालको फिनाले भने मोरङको उर्लाबारी नगरपालिका स्थित हुने समेत जानकारी दिए । कार्यक्रम औपचारिक रुपमा संचालन गरी कार्यक्रमका संयोजक सुनिल धिमालको सभापतित्वमा भएको थियो भने अतिथिहरुमा धिमाल जातीय विकास केन्द्रका पूर्व केन्द्रिय सदस्य मात्रिका धिमाल, मिस धिमाल २०१९ कोरियोग्राफर प्रमिशा बज्रर्चाय लगायत रहेका थिए ।