भोटे ताल्चा र एक हाते शालिक - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

भोटे ताल्चा र एक हाते शालिक

इक्साहाङ चेम्जोङ

मध्यरातमा सुटुक्क म
प्रीयसीलाई भेट्न निस्केको
गेटमा भोटेताल्चाको 
बिरुप अनुहार
अट्टाहस हाँसी रहेको थियो

ताल्चाको कालो रुप हेर्दै
एसो सम्झिए
ताल्चा म माथी लागेको हो
र चाबी अर्कैको हातमा छ
मलाई थुनेर अरुले
चैन गर्दैछन् मेरो प्रीयसी संग
प्रीयसीको गुलाबी ओठ चुम्दैछन्
गालाहरु चाट्दैछन्
नितम्ब सुम्सुम्याउदै छन्
अनि अनि स्तनहरु चुसेर
प्यास मेटाउदैछन् गुप्ताङ्मा

मलाई रिस नउठेको हैन
हम्बरले हानेर फुटाई दिनु
मन नलागेको पनि हैन
र पनि म बिबश थे
यो भोटे ताल्चा त आज मात्र हैन
१८३१ श्रावण देखि नै लागेको हो
यिनै ताल्चा लाएर त
निस्फिक्री उभिन्छन्
एक हाते शालिकहरु

हौ प्रीयसी !
तिमी बाहिर छौ
म ताल्चा भित्र छु
यङ्धङ्लुङ बाट येबा खोजेर ल्याउ
यो ताल्चा झुन्ड्याउने
सोघा सुगुप मन्साउनु लाउनु पर्छ
साम्बा ल्याएर
नौ राते तङ्सिङ राख्दै
फेदाङ्बालाई जोखना हेराएर
ताल्चा फुटाएर
सिलामसाक्मा
झुन्ड्याउनु पर्छ

अनि
तिम्रो अस्तित्व संग
खेल्ने र मेरो बाटो
छेक्नेहरुलाई
घुङ्ग्रीङ नै घुङ्ग्रीङ्ले हानेर
अरुण कोशी कटाउनु पर्छ
उप्रान्त ती सोघाहरुले
राता रात एक हाते शालिक
नराखोस्

नोगेन ।

सम्बन्धित खवर