नगरमा सुन्दरी प्रतियोगिता हुने - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

नगरमा सुन्दरी प्रतियोगिता हुने


साइनो समचारदाता
पथरी । माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको व्यानर र सिल्भर इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा पथरीशनिश्चरे २०१९ सिजन १ मोरङको पथरी शनिश्चरे, मोरङमा हुने भएको छ ।
नगर भित्रका सुन्दरीहरुबीच हुने प्रतियोगितामा प्रथम, द्वितीय , तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व, मिस क्याटवक, बेस्ट फिगर, मिस ट्यालेन्ट, पब्लिक चोइज, बेस्ट हेयर स्टायल र बेस्ट स्माइलसहितको बिधामा सहभागी पुरस्कृत हुदैछ । नगरमा पहिलो पटक हुन लागेको प्रतियोगितामा बिजेतालाई मिस पथरीशनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैँया, एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएका छन। त्यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पथरीशनिश्चरे नगरबाट राष्ट्रियस्तरको कुनै पनि ब्युटी पिजेन्टमा प्रतिनिधित्व नभइ रहेको अवस्थामा यो प्रतियोगीताले त्यो खडेरीलाई चिर्न सक्ने आयोजक मध्येका सुमन कुरुङ्बाङ्गको बुझाई छ ।
करिव १४ लाख रुपैयाँको खर्चमा सम्पन्न गर्ने योजना रहेको प्रतियोगितामा नगरमा स्थायी बसोवास गर्दै आएका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एस ई ई उत्तीर्ण युवतीहरुले सहभागिता जनाउन सक्नेछन । प्रतियोगितामा अडिसन पश्चात् फाइनल अघि २५ दिने बन्द प्रशिक्षण गराइने प्रतियोगिता संयोजक सन्तोष राईले बताएका छन ।

सम्बन्धित खवर