‘गुप्त’ आइटम गीतमा सुष्मा - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

‘गुप्त’ आइटम गीतमा सुष्मा

साइनो समचारदाता
पथरी । नेपाली फिल्म ‘गुप्त’ निर्माण टिमले पहिलो प्रचार सामाग्री स्वरुप आइटम गीत रिलिज गरेको छ । सार्वजनिक गीतमा अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएकी छिन् । फिल्मका केहि सस्पेन्स मोन्टाजसहितको भिडियोमा सुष्माको बोल्ड दृष्य देख्न सकिन्छ । ‘म आँख मारिदिन्छु’ बोलको गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । फिल्मलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् । शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको फिल्मलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका छन् । फिल्म ‘गुप्त’मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतको अभिनय छ । गीत ४ मिनेट ३३ सेकेन्डको रहेको छ ।

सम्बन्धित खवर