आँधी पर्खिरहेकाे शालिक' - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

आँधी पर्खिरहेकाे शालिक’

अमित याक्थुङ्बा

हाउ तेङ्वे !
कतिञ्जेल उभिन सक्ला र
वनारसी बाबु
सुम्हा?लुङलाई हाेचाे देखाएर ?

*** *** ***

पटक्कै
भूल गरेर भएपनि
फेदेनकाे छातीलाई टुँडिखेल नसम्झनू
पाैवाभञ्ज्याङकाे हावालाई चानचूने नठान्नू
हेंवाखाेला उँधै उँधाे बगेकोमा ढुक्क नहुनू
इतिहासलाई धूलो सम्झेर मक्ख नपर्नू
नशाभित्र रगत चुपचाप छ भनेर फिस्स नहाँस्नू
हाउ तेङ्वे !
वनारसी बाबुकाे खुट्टामुनि हेर्नू
भुइँचालाे कताबाट जाँदैछ भनेर ।

*** *** ***

– डम्फू बनेर धेरै बजे दाेर्जे थिङहरू
– च्याब्रुङ भएर धेरै घन्के भूविक्रमहरू
– सिली नाचेर धेरै रन्के साङ्केनहरू
त्यैपनि,
– च्याङ्वाहरू चुपचाप काँध थापिरहे
– लुङाहरू जाेर नाल बन्दुक पड्काइरहे
– यावाहरू बूढी अाैँलाकाे छाप धसिरहे
वनारसी बाबू
दाह्री मुसार्दै ढाडमाथि उभिरहे !

*** *** ***

तरसाङ तेङ्वे !
कतिञ्जेल उभिन सक्ला र
वनारसी बाबु
सुम्हा?लुङलाई हाेचाे देखाएर ?

*** *** ***

– फेदेनकाे भुइँभरि चल्दै गरेको अाँधी हुरी छ
– कुना, गल्ली, चाेकमा बल्दै गरेको झिल्का छ
अरू त अरू
– लिम्बुवान गेटबाट निस्कन तम्तयार
जुलुस छ ।

———————————

५:००
३०/०१/१९

बेलायत ।

सम्बन्धित खवर