साइनो समचारदाता
पथरी । स्वास्थ्य चौकी पथरी शनिश्चरे २ मोरङमा ल्याव सेवा सुरु भएको छ ।
नगरपालिका प्रमुख दिलिपकुमार राईले ल्याव सेवाको उद्घाटन् गरे । उनले रिवन काटेर र आफ्नो रगत जाँच गराएर ल्यावको उद्घाटन् गरेका छन् । अतिथि तथा सहभागीलाई निःशुल्क रुपमा रगत जाँच गरिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । सो अवसरमा, समाजसेवी मोहन तुम्वापोसहितले ल्याव सेवा सञ्चालनले वडावासीमा राहत मिलेको बचाए ।