साइनो समचारदाता
पथरी । नगर खेलकुद विकास समिति पथरीशनिश्चरे मोरङले ३ वटा खेलकुदका प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
समितिको आजको बैठकले माघ २५ देखि फागुन ५ सम्म नगर क्रिकेट कप र फागनु ७ गते वडा नम्वर ८ मा नगरस्तरीय भलिवल प्रतियोगिता सञ्चालनको निर्णय भएको सचिव नैना साम्पाङले जनाए । त्यसका साथै, वडा वडामा गरिने कार्यक्रम अन्तर्गत फागुन १७ देखि २७ गतेसम्म वडा नम्वर २ मा नगर वडाकप फुटबल प्रतियोगिता गर्ने पनि निर्णय भएको छ । जसमा, फुटबलको विजेता र उपविजेता टिमलाई क्रमशः ५० हजार र ३० हजार, क्रिकेटको विजेता र उपविजेता टिमलाई ३० हजार र २० हजार पुरस्कार प्रदान हुने समितिका अध्यक्ष मणि लिम्बूले उल्लेख गरेका छन् । भलिवल प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले ८ हजार नगद सहितको पुरस्कार पाउनेछन् । समितिले प्रत्येक वडामा गर्ने खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो कार्यक्रम वडा नम्वर ४ मा जिल्लास्तरीय जुनियर तेक्वान्दो सम्पन्न गरिसकेको छ ।