साइनो समचारदाता
पथरी । हरियाली सामूदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे, मोरङले बन गीत बनाएको छ ।
समूहका अध्यक्ष काबुलबहादुर मगरका अनुसार ४० हजार लागतमा बन सम्बन्धी गीत रेकर्ड गरेको हो । गीतमा मानव जीवनमा वन सम्पदाको महत्वलाई दर्शाउन खोजिएको छ । वनको बारेमा आम जनमानसलाई सचेतना सम्प्रेषण गर्न एउटा शसक्त माध्यम गीत संगित भएको हरियालीले गीत बनाएको छ ।
गीत गायक तथा संगिकार देव गुरुङको संगित, गायक अमिर राई र मिलन अमात्यको आवाज तथा रचनाकार गणेश बाछाना राईको शव्द रहेको छ । गीतको सम्पूर्ण तयारी पुरा गरि सर्जकहरुले सामुदयिक वनलाई हस्तान्तरण गरि सकेका छन् ।