अर्थमन्त्री यादवको चरित्र हत्या गर्ने सचिव झाको प्रयास ! - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

अर्थमन्त्री यादवको चरित्र हत्या गर्ने सचिव झाको प्रयास !

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव

साइनो समचारदाता
जनकपुर । २ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् ।
मन्त्री यादवको निजी सचिवालयले दिएको जानकारी अनुसार प्रदेश सरकारवन मन्त्रालयका सचिव विद्यानन्द झाले मन्त्री यादवमाथि अनावश्यक आरोप लगाएको बताएको छ ।
सचिवालयले दिएको जानकारी अनुसार यादव आफ्नो कार्यकक्षमा विशिष्ट व्यक्तिहरुसँग छलफलमा बसेको समयमा सचिव झा जबरजस्ती कार्यकक्षमा प्रवेश गर्न खोजेका थिए । “बैठक चल्दै गर्दा सचिव झा जबरजस्ती प्रवेश गर्न खोज्नु भो । मन्त्रीज्युले एकैछिन प्रतीक्षा कक्षमा बस्न अनुरोध गर्नुभो । तर, झाले म स्थानीय हुँ, मलाई कसैले रोक्न सक्दैन भनेर अटेर गर्नुभो ।“ मन्त्री यादवका सोकीय सचिव सुरेन्द्रकुमार दिपकले भने ।
चलिरहेको बैठक प्रभावित हुने भएपछि त्यहाँ खटिएको सुरक्षाकर्मीले झालाई मन्त्रीको कार्यकक्षमा पस्न नदिएको दिपकको भनाइ छ । “सुरक्षाकर्मीले रोकेपछि मन्त्रालयबाट बाहिरिनुभएका सचिव झाले आफूलाई अर्थ मन्त्री यादवले हातपात र कुट्पिट गरेको भन्दै अनर्गल प्रचार गर्नु भयो । सत्यता त्यस्तो होइन ।“
झा यस २ नम्बर प्रदेशमा आउन अघि ७ नम्बर प्रदेश सुर्खेतमा कार्यरत रहेको र उनको रबैया सुर्खेतमा रहँदा पनि उस्तै किसिमको रहेको समाचार स्रोतले जनाएको छ ।
प्राप्त जानकारी अनुसार आजै २ नम्बर प्रदेश सरकारको बैठक बस्दैछ । तर, बैठकमा यस विषयमा छलफल हुने नहुने बारे केही खुलाइएको छैन ।

सम्बन्धित खवर