प्रतियोगिता १ नम्बर प्रदेशका मुख्य मन्त्री माननीय सेरधन राईबाट प्रतियोगिताको समुद्घाट्नको गर्नुहुनेछ । - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

प्रतियोगिता १ नम्बर प्रदेशका मुख्य मन्त्री माननीय सेरधन राईबाट प्रतियोगिताको समुद्घाट्नको गर्नुहुनेछ ।

अध्यक्ष, अमिर राई फ्रेन्डसिप चेस क्लब, मोरङ

मोरङको पथरी शनिश्चरे नगरपालिकामा फ्रेन्डसिप क्लबले शहिद रत्न कुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला रनिङ फिडे रेडिङ बुद्धिचाल प्रतियोगिता–०७५ माघ ७ गतेदेखि ९ गतेसम्म हुदैछ । प्रतियोगिताको बारेमा क्लबका अध्यक्ष अमिर राईसँग गरिएको गफगाफका अंशः

फ्रेन्डसिप कस्तो क्लब हो ?
बुद्धिचाल खेलाडीहरुको क्लब हो । यो क्लब साबिक पथरी गाविसमा २०६४ सालमा स्थापित बुद्धिचालमा रुचि राख्ने खेलाडीहरुको क्लब हो ।
शहिद रत्न कुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला रनिङ फिडे रेडिङ बुद्धिचाल प्रतियोगिता–०७५ को तयारी कहाँसम्म पुग्यो ?
युद्धस्तरमा काम अगाडि बढिरहेको छ । कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति निर्माण गरेका छौं । उपसमितिमार्फत् चरणबद्ध तीब्र गतिमा काम भइरहेको छ । यस्को तयारीको अन्तिम अवस्थामा पुगेका छौं । मोरङ जिल्लाको इतिहासमा पहिलो राष्ट्रियस्तरको टुनामेन्ट हो । २०७५ साल माघ ५ गतेदेखि ९ गतेसम्म ५ दिन नियमित रुपमा चल्नेछ । सबै स्वीस लिग अन्तर्गत हुने भएकाले ९ राउण्ड हुनेछ । पहिलो दिन उद्घाटन सहित १ राउण्ड हुनेछ । बाकी ४ दिन २÷२ राउण्डको खेल हुन्छ । खेल सक्ने वितिकै औपचारिक खेलको समापन हुनेछ । समापनमा अर्थमन्त्री इन्द्र बहादुर आङ्बोज्यूको सहभागिता रहने कुरामा प्रायनिश्चित भएका छौं ।

प्रतियोगितामा कहाँ कहाका खेलाडी सहभागी हुदैछन् ?
नेपालकाभरीका खेलाडी सहभागी हुन्छन् । नेपाल च्याम्पियन मदन प्रयश्त, पूर्व च्याम्पियन नवीन तन्दुकारलगायत देशभरीका १ सय ५० भन्दी बढी खेलाडी सहभागी हुदैछन् ।

स्पर्धी मध्ये उत्कृष्ठहरुले के के पुरस्कार पाउँछन् ?
यो प्रतियोगितामा कुल पुरस्कार रासी ३ लाख ४० हजार हो । प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुनेलाई ३० हजार, चौथो २० हजार, पाँचौ हुनेलाई १५ हजार गरी टप १५ लाई नगद, ट्रफी, प्रमाणपत्रले पुरस्कृत गर्दैछौं । बाँकी २४ वटामा विधागत पुरस्कार दिने छौं । जसमा नगरस्तरीय, जिल्लास्तरीय, प्रदेशस्तरीय प्रतियोगिता गर्नेछौं । विद्यालयस्तरीय प्रतियोगिता, ५५ वर्षमाथि प्रतियोगिता, अपाङ्गता, महिला, अनुशासित खेलाडी ३९ वटा विद्यामा पुरस्कारको व्यवस्था गरेका छौं ।

खर्च कहाँ जुटाउँदै हुनुहुन्छ ?
विशेष सहयोग पथरीशनिश्चरे नगरपालिकाको रहेको छ । मूख्य प्रायोजन एभरेष्ट माविले गरेको छ । स्थानीय व्यवसाी, उद्यमीहरु, निजी विद्यालय, सामुदायिक बन, छिमेकी स्थानीय तहहरुको सपोर्ट रहेको छ ।

कति खर्च आय व्यय गर्ने अनुमान गर्नुभएको छ ?
टोटल करिब ९ लाख आय र व्यय हुने अनुमान गरेका छौं ।
प्रतियोगिताको खर्च कमै सार्वजनिक हुने गरेको छ । तपाइँहरुले चेस प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गर्नुहुन्छ कि गर्नुहुन्न ?
नेपाल सरकारको जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको संस्था हो । सहिदको नाममा प्रतियोगिता गर्दैछौं । अडिट गरेर पत्रकारहरुलाई बोलाएर आय व्यस सार्वजनिक गर्दछौं । पारदर्शी ढंगले उजागर गर्छाैं ।

माघ ५ गते उद्घाटन गर्ने भनिएको कार्यक्रममा मूख्य मन्त्री आउने कुरा सुन्नामा आको छ । बास्तबमा को को अथितिहरु आउदैहुनुहुन्छ ?
प्रतियोगिता १ नम्बर प्रदेशका मुख्य मन्त्री माननीय सेरधन राईबाट प्रतियोगिताको समुद्घाट्नको गर्नुहुनेछ । अन्य अथितिहरु हामीलाई सपोर्ट गर्ने स्थानीय तहको प्रतिनिधिहरु, संघसंस्थाहरु, ३ नम्बर क्षेत्रका माननीय ज्यूहरु, समाजका लब्ध प्रतिष्ठित, समाजसेवीलगायत अथितिहरु रहनेछन् । (गफगाफका लागि फिपराज बेघा)

सम्बन्धित खवर