ससफो र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

ससफो र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत

साइनो समचारदाता
काठमाडौँ । मुलुकमा पार्टीहरु धु्रविकरण भइरहेको बखत दुई पार्टी एक भएको छ । संघीय समाजबादी फोरम नेपाल (ससफो) र हाम्रो कम्युनिष्ट पार्टी नेपालबीच काठमाडौँको जमलमा एक भब्य कार्यक्रमको आयोजना गरी पार्टी एकीकरणको घोषणा गरिएको छ ।
कार्यक्रममा पार्टी अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले खादा र सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले टीका लगाएर पार्टीमा एकीकृत भएका नेता कार्यकर्ताहरूलाई स्वागत गरे भने हाम्रो कम्युनिष्ट पार्टी नेपालका महासचिव हिरालाल भुजेलले आफ्नो पार्टी संघीय समाजवादी फोरम नेपालमा एकीकृत भएको घोषणा गरे । पार्टी एकता घोषणा कार्यक्रममा ससफोका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरूले यस्तो सुन्दर देशलाई मागेर खाने देश बनाएको बताउँदै उनीहरूबाट देशको समृद्धि र समाजवाद सम्भव नभएको बताए । उनले नेपालका कम्युनिष्ट पार्टीहरू नक्कली कम्युनिष्ट भएको समेत घोषणा गरे ।
ससफोका उपमहासचिव तथा वार्ता समितिका सदस्य प्रकाश अधिकारीले पार्टीमा नयाँ र पुरानोको भेद नहुने भन्दै संघीयता र समाजवाद पक्षधर अरु केही दलहरू पनि निकट भविष्यमै ससफोसँग एकीकृत हुने जानकारी दिए । ससफोमा एकीकृत भएको हाम्रो कम्युनिष्ट पार्टीका महासचिव भुजेलले आफु नेतृत्वको समूह ससफोको झण्डामुनी गोलबद्व भएकाले अब सबै सातवटै प्रदेश, जिल्ला, नगर र गाउँ समितिहरू आजकै मितिदेखि संघीय समाजबादी फोरममा आवद्ध हुने बताए । त्यसैगरी हाम्रो कम्युनिष्ट पार्टीका वार्ता समिति संयोजक देवराज घिमिरे तथा संगठन विभाग प्रमुख तथा पार्टीका सुदुर पश्चिम प्रदेश इन्चार्ज राजेन्द्र वहादुर विष्टले अब साना साना पार्टीबाट देशको समृद्धिमा योगदान नहुने भएकाले एउटा सशक्त राजनीतिक विकल्प निर्माणमा सहयोग हुने भएकाले नै आफूहरू ससफोतर्फ आकर्षित भएको बताए ।

सम्बन्धित खवर