साइनो समचारदाता
पथरी । पुर्वेली ट्रिपिकल कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण सम्पन्न भएको नेपाली कथानक चलचित्र पुरानो बुलेटको वल्र्ड प्रिमियर हङकङबाट गरिने भएको छ । पुर्वेली पत्रकारहरुको पहिलो प्रयास रुवरुप निर्माण गरिएको चलचित्रलाई पत्रकार भिषण राईले निर्देशन गरेका छन् । एक्जुकेटिभ प्रड्युसर सन्तोष राई रहेको चलचित्रमा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बुको लगानी रहेको छ ।
लामो समय रंग पत्रकारिता र फिल्म समिक्षामा आफुलाई प्रमाणित गरिसकेका भिषण, खारिएको अनुभव चलचित्र पुरानो बुलेटमा खर्चिएको बताउँछन् । हामीले पूर्वका पर्यटकीय स्थल्, संवाद र चालचलनलाई जस्ताको तस्तै चलचित्रमा समेटेका छौ उनी बताउँछन् । फिल्म शन्देशमूलक बनाईएको एक्जुकेटिभ प्रड्युसर सन्तोष राई बताउँछन् । पुरानो बुलेट चढेर हिड्ने सवै खराव हुदैछन् भन्ने भावनालाई मध्यनजर गर्दैै फिल्ममा माया, प्रेम, हाँसो, रोदन सवैलाई एकसाथ समेटेका छौ, उनी थप्छन् ।
चलचित्रमा अनुपविक्रम शाही, माला लिम्बु, बर्षा सिवाकोटी लगायतकोा अभिनय समेटिएको छ । चलचित्रको हङकङ प्रर्दशनलाई विशेष बनाउँनका लागि अनुप र माला हङकङ आउँने भएका छन् ।
हेल्प फर ह्युमिनिटी न्यानो काख अभियान सहयोगार्थ प्रर्दशन गरिएको फिल्मलाई हङकङमै पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई, सुनिता लिम्बुले प्रर्दशनको जिम्मा लिएका हुन् ।
फिल्म यहि फेब्रुअरी २३, २०१९ का दिन बेलुकी ६ः३० बजेबाट याउमातेई स्थित कम्युनिटी हलमा प्रर्दशन गरिनेछ ।