प्रथम नगर महिला फुटवलको उद्धघाटन खेलमा कानेपोखरी विजयी - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

प्रथम नगर महिला फुटवलको उद्धघाटन खेलमा कानेपोखरी विजयी

प्रथम नगर महिला फुटवल प्रतियोगिताको उद्धघाटन खेलमा कानेपोखरी गाँउपालिकाले उर्लाबारी नगरपालिकालाई ० का बिरुद ४ गोल गर्दै सेमिफाइनल प्रबेश गरेको छ ।

           शनिवार भएको उद्धघाटन खेलमा कानेपोखरीकी इमा चाम्लिङ्गले खेलको ८ मिनेटमा उत्कृष्ट गोल गरेकि थिइन । खेलको २३ औं मिनेटमा इमा कै कर्नर प्रहारलाई रोशनल चाम्लिङ्गले हेड गर्दै दोश्रो गोल गरिन भने खेलको २४ औं मिनेटमै इमाले पुर्न १ गोल गर्दै खेल ३–० मा पुर्याइन । पहिलो हाफमा ३ गोलले पछि परेको उर्लावारीले दोश्रो हाफको १७ औं मिनेटमा थप एक गोल खायो । कानेपोखरीकि जिना विष्टले गरेको प्रहार गोलमा परिणत भएपछि उर्लावारी ४–० ले पछि प¥यो । 

खेलको म्यान अफ दि म्याच २ गोल कर्ता इमा चाम्लिङ्गले १ हजार रुपयाँ हात पारिन । आइतवारको खेल सुन्दर हरौचा र लेटाङ्ग निलो विच हुने खेल छ । प्रतियोगिताको विजेताले २५ हजार नगद ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले १५ हजार नगद, ट्रफि, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछ ।
पथरीबहुमुखी क्याम्पसको बिध्यार्थी संगठन अखिल र अखिल क्रान्तिकारी संयुक्त आयोजनामा पौष १४ देखी १८ गते सम्म खेल संचालन हुदै छ । खेलको उदघाटन पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले गर्नु भएको थियो ।

सम्बन्धित खवर