१० महिने नुमाहाङमालाई २ लाख बढी सहयोग - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

१० महिने नुमाहाङमालाई २ लाख बढी सहयोग


साइनो समचारदाता
काठमाडौं । कुम्मायक गाउँपालिका २ पान्थर (साबिक माङ्जाबुङ ५ फाक्चुवा) की नुमाहाङ्मा लिम्बुले २ लाख ३ हजार ५ सय ७२ रुपैया सहयोग पाएकी छिन् ।
कण लावती र अन्जली लिम्बूको १० महिने छोरी नुमाहाङमाको शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र बासबारी काठमाडौमा मुटुको उपचार भइरहेको छ । मुटुुको सल्यक्रिया खर्चबापत् नेपाल आदिवासी महासंघ दक्षिण कोरियाका उपाध्यक्ष तथा किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाका उपाध्यक्ष गजेन्द्र सेर्मा, महासंघकी सदस्य सपना सेलिङको सक्रियतामा आर्थिक सहयोग उठाइएको थियो । सहयोग रकम लिम्बू बिद्यार्थी मन्चका महासचिव उत्सब सम्बाहाङम्फे, समाजसेवी कृतिमान मादेनको उपस्थितिमा किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले हस्तान्तरण गरेकी थिइन् ।

सम्बन्धित खवर