साइनो समचारदाता
उर्लाबारी । मोरङको उर्लाबारी १ लक्ष्मीझार निवासी पत्रुमान धिमालको परिवारलाई एक लाख आठ हजार रुपैया हस्तान्तरण गरिएको छ ।
केही महिना अघि देखि क्यान्सरले ग्रसित पत्रुमानलाई उपचार असम्भव भएपछि निज निवासमा राखिएको छ । उनका श्रीमतीसहित ३ नाबालक छोराहरु छन् । पत्रुमान दाउरा बेचेर परिवार धानिरहेका थिए । उनी आफै थलिएपछि हातमुख जोर्न धौ धौ बखत बिदेशमा बस्ने नेपालीहरुले अभियान्ता सम्झना राई मार्फत् नगद ८५ हजार, मलेसियाबाट रबिन दर्लामी १३ हजार, कतारबाट यामबहादुर धिमालको नेतृत्वमा १० हजार गरी कुल १ लाख ८ हजार संकलन गरिएको रकम हस्थान्तरण गरिएको छ । रकम सामाजिक अभियन्ता मात्रिका धिमाल, अभियन्ता सम्झनालगायतले पीडित पत्रुमानको हातमा रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा उर्लाबारी संचार क्लव उर्लाबारी का अध्यक्ष सरोज बस्नेत, धिमाल जातीय विकास केन्द्र का केन्द्रीय सदस्य रामप्रसाद धिमाल, वडा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पीडित पत्रुमान र उनका परिवारसँग सामाजिक अभियान्ताद्वारा मात्रिका र सम्झना ।