साइनो समचारदाता
पथरी । चर्चित अभिनेता दयाहाङ राईको अभिनय रहेको चलचित्र ‘आप्पा’को एउटा गीत सोमबार सार्वजनिक गरिएको छ ।
माउन्टेन स्टोरिज इन्टटेनमेन्ट नामक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । चलचित्र आप्पामा दयाहाङले ड्राइभरको भूमिका निर्वाह गरेका छन् । ‘हावा सरर’ बोलको गीत सार्वजनिक गरिएको हो । जसमा दयाहाङले प्राकृतिक सुन्दर पहाडी क्षेत्रमा रमाइलो अनुभूति गर्दै यात्रुहरु लिएर गाडी हाकिरहेको देखिन्छ । गीतमा नेपालको उच्च पहाडी क्षेत्रको सुन्दरता प्रस्तुत गरिएको छ । यस गीतमा थुप्देन भुटिया र स्निहाश्री थापाको स्वर रहेको छ । अनमोल गुरुङको संगीत र उमेश उपमाको शब्द छ ।