राजपा र प्रधानमन्त्रीबीच छलफल हुदै - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

राजपा र प्रधानमन्त्रीबीच छलफल हुदै

साइनो समचारदाता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग वार्ता गर्ने भएका छन् ।
राजपा नेपालले १ बजे बैठक बसेर समर्थन फिर्ता लगायतको विषयमा निर्णयको तयारीमा रहेको बेला ओलीले बालुवाटार बोलाएका छलफल गर्न लागेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री निवासमा हुने बैठकमा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नेछन् ।
संविधान संशोधन सहितका विभिन्न माग राखी नेकपा नेतृत्वको सरकारलाई राजपा नेपालले मुद्दाको आधारमा बाहिरबाट समर्थन गरिरहेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्रीले छलफल गर्न बोलाएकोले राजपा अध्यक्ष मण्डल बालुवाटार जान लागेको जानकारी दिए ।

सम्बन्धित खवर