इन्डोनेशियामा पुनः सुनामीको खतरा कायमै, अहिलेसम्म ३७३ को ज्यान गयो - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

इन्डोनेशियामा पुनः सुनामीको खतरा कायमै, अहिलेसम्म ३७३ को ज्यान गयो

बीबीसी

इन्डोनेशियामा शनिबार गएको सुनामीमा मारिनेको संख्या ३ सय ७३ पुगेको छ । मृतकको संख्यामा थप वृद्धि हुने अनुमान गरिएको छ । प्रभावित इलाकामा भग्नावशेषमा दबिएका मानिसको खोजी कार्य जारी छ ।

क्रोकाटोआ ज्वालामुखीको सक्रियताका अहिले पनि रहेका कारण वरिपरिका तटीय इलाकामा बस्नेलाई आफ्नो इलाका तत्कालै छोड्न निर्देशन दिइएको छ ।

सरकारका अनुसार सुनामीपछि कम्तीमा एक हजार चार सय घाइते भएका छन् र एक सय २८ जना अहिले पनि हराइरहेका छन् ।

सुन्डा स्ट्रेट (खाडी) को वरिपरि जावा र सुमात्राको प्रभावित इलाकामा अहिले पनि आपतकालीन सेवा पुर्याउने कोसिस गरिँदैछ ।

देशको प्रकोप व्यववस्थापन एजेन्सीका अनुसार सयौं भवन क्षती पुगेको छ ।

सम्बन्धित खवर