३ प्रतिस्पदिलाई पछि पार्दै रवि ओड बने नेपाल आइडल सिजन–२ (फोटो फिचर) - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

३ प्रतिस्पदिलाई पछि पार्दै रवि ओड बने नेपाल आइडल सिजन–२ (फोटो फिचर)

काठमाडौं ।

नेपाल आइडल–२ सिजन टुको उपाधि रबि ओडले जितेका छन् । अन्य प्रतिस्पर्धीको भन्दा धेर मत ल्याएर उनी उपाधि जित्न सफल भएका हुन् । फाइनलमा विक्रम बराल, रबि ओड , सुमित पाठक र अस्मिता अधिकारी प्रतिस्पर्धी गरेका थिए ।

यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाटै विजेता घोषणा भएको हे । नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोक क्याम्पसको ग्राउन्डमामा भएको फाइनल कार्यक्रमले धेरै दर्शको साथ पाएको थियो भने नेपालमा लाईभ यूटुव हेर्ने दर्शकको रेकट समेत तोडेको छ ।

टप चारमा पर्न सफल स्वरका धनी प्रतिस्पर्दीहरुको होम भिजिटमा रविले धेरैको माया संगै दया बटुल्न सफल भएका थिए भने उनको पारिवारीक अवस्थाले समेत उनलाई भोट बढि गएको दर्शकको बुझाई छ ।

नेपाल आइडलको समाप्ती संगै थड रनर अप झापाकी अस्मिता अधिकारीले ट्रफी संगै होन्डा डिओे स्कुटी प्राप्त गरेकी छन त्यस्तै सेकेन्ड रनर अप झापाकै सुमित पाठकले नगद १५ लाख प्राप्त गरेका छन । प्रतियोगीलामा फस्ट रनर अप हुदै पोखराका बिक्रम बरालले २० लाख र ट्रफी प्राप्त गरे भने यो सिजनको विजेता हुदै कञ्चनपुरका रवि ओडले होन्डा डब्लु आरको कार र, २२ लाख र ट्रफी हात पारेका छन । प्रतिस्पर्दिले सन २०१९ भरि विश्वका बिभिन्न देश घुम्न पाउने भएका छन ।

नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य रहेका थिए । जजमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा जर्ज र दर्शकको भोटीङका आधारमा ३ प्रतिस्पदिलाई उछिन्दै रविले सफल्ता हात पारेका हुन ।  

सम्बन्धित खवर