साइनो समचारदाता
विराटनगर । मिसेस कोशी सिजन २ को ताज केराबारी ३ कि सूचना श्रेष्ठले जित्न सफल भएकी छिन् ।
जया मिडिया म्यानेजमेन्ट प्रा.लि.ले विराटनगर र सुनसरीको इटहरीमा रहेको ओसियनपार्कमा कार्यक्रमको आयोजना गरिएको थियो । दोश्रो संस्करणमा विभिन्न प्रतियोगिलाई पछि पार्दै श्रेष्ठले मिसेस कोशीको ताज पहिरन सफल भएकी हुन् । फस्ट रनरअप विराटनगरकी खेमकुमारी कोइराला तथा मोरङ रतुवामाई नगरपालिका स्थित गोविन्दपुरकी सुनिता लामाले सेकेण्ड रनरअपको उपाधि जितिन् । फेवा सेकेण्डरी बोर्डिङ स्कूलमा ९ वर्षदेखि शिक्षण पेशामा संलग्न रहेकी श्रेष्ठ नृत्य तथा आर्टसमा सिपालु छिन् । बीबीएससम्म अध्ययन गरेकी श्रेष्ठले ताज पहिरिनु अघि मिसेस पपुलर, आउटस्ट्याण्डिङ पर्सानालिटी, र मल्टिमिडिया टाइटलको उपाधि समेत हात पारिसकेकी छिन् ।